भैरहवाको मायादेवीमा एभरेष्ट बैंकको नयाँ एटीएम

काठमाडौं । एभरेष्ट बैंकले भैरहवाको मायादेवी गाउँपालिका–३ मा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। गाउँपालिका–३ मा रहेको जगदम्बा स्पिनिङ मिल्सको प्रांगणमा बैंकको नयाँ एटीएम उद्घाटन भएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले एटीएमको उद्घाटन गरेका हुन्। यो सँगै एभरेष्ट बैंकको एटीएम संख्या १ सय ६३ पुगेको बैंकले जनाएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खालिङले मिल्समा कार्यरत मजदुर, कर्मचारी तथा स्थानीयवासीलाई यो सेवाले थप सहज हुने विश्वास व्यक्त गरे। मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ। बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुँईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुब प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after