एनएमबि बैंक र घरेलु तथा साना उद्योगबीच सम्झौता

काठमाडाैं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ ।सम्झौता अनुसार बैंकसँगको सहकार्यमा उद्योग संगठनले वित्तीय साक्षरता कार्यक्रम संचालन गर्नेछन् । वित्तीय साक्षरता कार्यक्रम ४५ हजार सदस्यमाझ सञ्चालन गरिने छ। जसमध्ये ९ सय महिला रहेको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमको पक्षमा केन्द्रित हुनेछ। कार्यक्रमले प्रशिक्षार्थीलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री