सेञ्चुरी कमर्सियल बैंकद्वारा ई–नेबल नेपाललाई आर्थिक सहयोग

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरेको छ ।बैंकले प्राकृतिक,भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न २ लाखको आर्थिक सहयोग गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठबीच चेक हस्तान्तरण भएको थियो ।

ई–नेबल नेपाल बिगत देखि यो सामाजिक कार्यमा सक्रिय रहेको छ । यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्ययनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका विविध कार्य गर्न मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after