नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा सातवटै प्रादेशिक कार्यालय स्थापना

काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंकले सातवटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरत तवरले काम गर्न हजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।

जसअन्र्तगत प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल)मा तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।

प्रदेश नं.१ को प्रादेशिक कार्यालयले ९ वटा शाखा, प्रदेश नं २, ४(गण्डकी प्रदेश), ६(कर्णाली प्रदेश) र ७ ले ६ वटा शाखा, प्रदेश नं ३ ले ३५ वटा र प्रदेश नं ५ ले १० वटा शाखाको कार्यसम्पादनमा समन्वय गर्नेछ ।

बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बैंकले काठमाण्डौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after