सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले एकैसाथ ८ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको  छ । बैंकले काठमाडौं जिल्लाको धनेश्वर, बालुवाखानी, हात्तिगौडा, फर्पिङ, इचंगुनारायण, कीर्तिपुर, भक्तपुर जिल्लाको मध्यपुर ठिमी साथै बर्दिया जिल्लाको बाँसगढी सहित ८ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त क्षेत्रका  सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग  सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै हालसाल बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after