काठमाडौं । जनता बैंक नेपालले ७ ओटै प्रदेशमा प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ ।
प्रदेश १ को ट्रफिक चोक बिराटनगर, प्रदेश २ को भानु चोक जनकपुर, प्रदेश ३ को स्कूल रोड हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा प्रदेश ५ को हस्पिटल लाइन बुटवल, कर्णाली प्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो ।
प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाह अभm स्तरीय तथा सरल हुने विश्वास बैंकको छ ।
प्रतिकृया दिनुहॊस