Tag Archives: featured

राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यी ७ क्षेत्रले पाउँछन् ५ करोड

सुर्खेत । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताए । ‘थोक कर्जा वितरक र सहकारी संस्थाहरुबीच समन्वय’ विषयक …

पुरा पढ्नुहॊस »

कञ्चनविद्या मन्दिरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । कञ्चनपुर जिल्लाको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विद्यालयका अध्यक्षले संयूक्त रुपमा औपचारिक उदघाटन गर्नु गरेका हुन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, सेवाग्राही तथा सर्वसाधारण उपस्थिति रहेको थियो । साथै स्थानीय जनता र विद्यालयको निरन्तर सहयोग भएमा बैंकले …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ …

पुरा पढ्नुहॊस »

जनता बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौ । जनता बैंकले  रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर,आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न  …

पुरा पढ्नुहॊस »

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आफ्नो हकमाभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकको रकम फागुन १२ गतेदेखि फिर्ता हुने भएको छ । कम्पनीले हकप्रद शेयरको बाँडफाँट फागुन ९ गते भएको हो । कम्पनीले १० बराबर ८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । रितपूर्वक आवेदन दिने २ हजार ८४२ जना शेयरधनीलाई ४२ लाख १७ हजार ६६३ कित्ता शेयर बाँडफाँट भएको छ …

पुरा पढ्नुहॊस »

एलआइसी नेपालको साधारणसभा चैत ४ गते

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चैत्र ४ गते १६ औं वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७३र७४ को नाफाबाट १२ प्रतिशत बोनस शेयर पारित गर्ने भएको छ। गत साउन २५ गते ३६ प्रतिशत बोनस शेयर घोषणा गरेको कम्पनीले एक्चुरी मूल्याङ्न सहितको वित्तीय विवरणमा गल्ती गरेपछि बीमा समितिले लाभांस वितरणमा रोक लगाएको थियो। समितिले आर्थिक वर्ष २०७३र७४ को पुनः लेखापरीक्षण गरेर आउन निर्देशन दिएपछि कम्पनीले सुरुमा घोषणा गरेको लाभांस …

पुरा पढ्नुहॊस »

चौधरी ग्रुपको नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ औपचारिक रुपमा सार्वजनिक गरको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को अफिसियल सार्वजनिक गरिएको हो । बजारमा रहेका उत्पादन भन्दा गुणस्तरिय तथा सुपथ मूल्यमा माल्टोजीङग बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कुपोषणको समस्या न्युनिकरणमा सघाउने कम्पनीको दाबी छ । चौधरी ग्रुपअन्तर्गतको बिएलसी होल्डीङ्सअन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रालि’को उत्पादन र प्रवद्र्धनमा यस …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकहरुको नाफा ३१.०८% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ वटा वाणिज्य बैंकले समग्रमा ३१.०८% ले खुद नाफा बढाएका छन् । बैंकहरुको खुद नाफा बढेर ३० अर्ब ७२ करोड २२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षका यसै अवधिमा बैंकहरुले २३ अर्ब ४३ करोड ७० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । वाणिज्य बैंकहरुले जगेडा कोष र खुद ब्याज आम्दानीमा आकर्षक प्रगति गरेका छन् । तर, नेपाल राष्ट्र …

पुरा पढ्नुहॊस »

मोरङको मधुमल्लामा खुल्यो राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको मोरङ जिल्लाको मिल्काजुङ्ग गाउँपालिका वडा नम्बर–९ स्थित शाखा कार्यालय मधुमल्लाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१७ पुगेको छ । नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार एक समारोहका बीच मधुमल्ला शाखाको उद्घाटन गरे । सो समारोहमा प्रमुख अतिथि डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंकद्धारा छात्रवृत्ति प्रदान

काठमाडाैँ । ओम डेभलप्मेन्ट बैंकले विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ । गोरखा नगपालिका वडा नं. ६ दरवारमार्गमा रहेको श्री महेन्द्र ज्योति माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा ११ की छात्रा संजिता वयलकोटीलाई ५ हजार नगद र स्टेशनरी प्रदान गरेको हो । सो सामाग्री उक्त शाखाका प्रवन्धक केशव रेग्मीले प्रदान गर्नु गरेका थिए । त्यसैगरी गोरखा नगरपालिका वडा नं. ९ मा रहेको श्री …

पुरा पढ्नुहॊस »