कञ्चनविद्या मन्दिरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । कञ्चनपुर जिल्लाको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विद्यालयका अध्यक्षले संयूक्त रुपमा औपचारिक उदघाटन गर्नु गरेका हुन् ।

कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, सेवाग्राही तथा सर्वसाधारण उपस्थिति रहेको थियो ।

साथै स्थानीय जनता र विद्यालयको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लाने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायज्यूले प्रकाश पारे । त्यस्तैगरी बैंकका कामु उपमहाप्रबन्धक चुडामणी तिम्सिनाले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने बताए ।

कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय धनगढीका निर्देशक श्री हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे । उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. सामान्य सेवा विभागका विभागीय प्रमुख दीर्घबहादुर अर्यालय, क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस