वाणिज्य बैंकहरुको नाफा ३१.०८% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ वटा वाणिज्य बैंकले समग्रमा ३१.०८% ले खुद नाफा बढाएका छन् । बैंकहरुको खुद नाफा बढेर ३० अर्ब ७२ करोड २२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षका यसै अवधिमा बैंकहरुले २३ अर्ब ४३ करोड ७० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

वाणिज्य बैंकहरुले जगेडा कोष र खुद ब्याज आम्दानीमा आकर्षक प्रगति गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्धारण गरेको न्यूनतम ८ अर्ब चुक्ता पुँजी अधिकांश बैंकले गत वर्ष नै पुर्याएको हुनाले पुँजीमा भने सामान्य वृद्धि भएको छ । यता, नाफा र ब्याज आम्दानी बढेकाले धेरै बैंकहरुको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस