एलआइसी नेपालको साधारणसभा चैत ४ गते

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चैत्र ४ गते १६ औं वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७३र७४ को नाफाबाट १२ प्रतिशत बोनस शेयर पारित गर्ने भएको छ।

गत साउन २५ गते ३६ प्रतिशत बोनस शेयर घोषणा गरेको कम्पनीले एक्चुरी मूल्याङ्न सहितको वित्तीय विवरणमा गल्ती गरेपछि बीमा समितिले लाभांस वितरणमा रोक लगाएको थियो। समितिले आर्थिक वर्ष २०७३र७४ को पुनः लेखापरीक्षण गरेर आउन निर्देशन दिएपछि कम्पनीले सुरुमा घोषणा गरेको लाभांस रद्द गर्दै १२ प्रतिशतमा झारेको थियो। कम्पनीले सुरुमा एक्चुरी सहितको लेखा परीक्षण गर्ने क्रममा बैदेशिक रोजगार बीमा अन्तर्गतको दायित्वलाई सिधै नाफामा गणना गरेर लाभांस बितरण गर्न खोजेपछि समितिले रोक लगाएको थियो।

बैदेशिक रोजगार बीमा बापत आर्जन भएको बीमा शुल्कलाई सिधै नाफामा गणना गर्न नपाइने बोर्डले जनाएको छ। यस्तो बीमाले थप दायित्व सिर्जना गर्ने हुँदा प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। बीमा समितिले तोकेको पूँजी जुटाउने नाममा नियम विपरित लेखापरिक्षण गरेर लाभांस वितरण गर्न खोज्दा यसको असर दोस्रो बजारमा पनि परेको थियो।

कम्पनीले १२ प्रतिशत बोनस शेयर पारित गरेसँगै चुक्ता पूँजी एक अर्ब ४९ करोड रुपैयाँ कायम हुनेछ। समितिको निर्देशन अनुसारको पूँजी जुटाउन अझै ५१ करोड रुपैयाँ आवस्यक पर्नेछ। गत आर्थिक वर्षको लेखापरिक्षण गर्न बाँकी रहेको हुँदा कम्पनीले गत आर्थिक वर्षको नाफा तथा जगेडाबाट पूँजी जुटाउनुपर्ने हुन्छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २१ गतेदेखि चैत ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। फागुन २० गतेसम्म कायम शेयरधनीहरुले १२ प्रतिशत बोनस शेयर पाउने छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस