मोरङको मधुमल्लामा खुल्यो राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको मोरङ जिल्लाको मिल्काजुङ्ग गाउँपालिका वडा नम्बर–९ स्थित शाखा कार्यालय मधुमल्लाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१७ पुगेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार एक समारोहका बीच मधुमल्ला शाखाको उद्घाटन गरे ।

सो समारोहमा प्रमुख अतिथि डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्याउनु पर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताए ।

बंैकको प्रदेश नम्बर १ का निमित्त प्रमुख ऋषब भट्टराईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा मिल्काजुङ्ग गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व तिमिला, स्थानीय राजनीतिक दलका प्रतिनीधि, उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेदमाया अर्याल न्यौपानेलाई सहुलियतपूर्ण कृषि कर्जा र गणेश दर्जीलाई विपन्नवर्ग कर्जा समेत प्रदान गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस