काठमाडाैँ । सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ ।
निरन्तर उकालो लाग्दै गएको सुनको भाउ सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ पुगेको छ ।
तपाईंको प्रतिकृया




