ग्लोबल आईएमई बैंकले दिपायलको पिपल्ला बजारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेल र ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरे ।
बैंकका देशभर २७० शाखा, २५६ एटीएम, ३७ एक्स्टेन्शन तथा राजस्व संकलन काउन्टर, २४९ शाखारहित सेवा र विदेशमा ३ प्रतिनिधि-सम्पर्क कार्यालय सञ्चालनमा छन् ।
तपाईंको प्रतिकृया




