खेल

पेलेको स्वास्थ्य अवस्था थप जटिल

एजेन्सी । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेकाे छ । उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन् बढेको जनाएको हाे । ८२ वर्षीय पेलेको ‘मिर्गौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ । उनको केमोथेरापी उपचारको पुनः मूल्याङ्कन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको …

पुरा पढ्नुहॊस »

विश्वकप ट्रफी लिएर फर्किएको अर्जेन्टिनाको टोलीलाई स्वदेशमा भव्य स्वागत, सडकमा ओर्लिए ४० लाख मानिस (तस्बिरहरु)

काठमाडौं । कतारमा भएको २०२२ को विश्व विजेता बनेर अर्जेन्टिना फुटबल टोली स्वेदश फर्किएको छ। मंगलबार विशेष विमानबाट राजधानी बुनोज एरिजमा ओर्लिएका खेलाडीहरुलाई अर्जेन्टिनाले भव्य स्वागत गरेको छ। अर्जेन्टिनी समर्थकहरूले यो क्षणको प्रतीक्षा ३६ वर्ष गर्नुपर्‍यो । विमानबाट पहिला कप्तान लियोनल मेस्सी विश्वकप ट्रफी लिएर ओर्लिएका थिए। विमानस्थलमा हजारौं उत्साही फ्यानले उनलाई स्वागत गरेका थिए । मेस्सी आफ्नो हातमा विश्वकप ट्रफी लिएर उडानबाट उदाउँने पहिलो व्यक्ति थिए, यो मात्र उपाधि हो …

पुरा पढ्नुहॊस »

मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई यस वर्षको फिफा विश्व कप फुटबलको उपाधि दिलाएका थिए । फाइनलमा फ्रान्स पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भयो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो । योसहित अर्जेन्टिना …

पुरा पढ्नुहॊस »

फरवार्ड बेन्जेमाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

एजेन्सी । फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतार विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको एक दिनपछि सोमबार बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले आफ्नो ३५औं जन्म दिनका दिन यस्तो घोषणा गरेका हुन् । ९७ खेलमा ३७ पटक गोल गरेका बेन्जेमाले यस वर्ष बालोन डी’ अर अवार्ड जित्न सफल भएका थिए । बेन्जेमाले कतारमा फ्रान्सका लागि आक्रमण पंक्तिको नेतृत्व गर्ने अपेक्षा …

पुरा पढ्नुहॊस »

तत्काल सन्यास लिन्न : लियोनेल मेसी

काठमाडौँ । लियोनेल मेसीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । विश्वकप जितेपछि प्रतिक्रिया दिदै मेसीले आफुले तत्काल सन्यास नलिने बताएका हुन् । मेसीले भनेका छन्- ‘ मैले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले नै सन्यास लिदिन, म च्याम्पियन टिमको लागि अझै खेल्ने छु ।’ पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै मेसीले आफ्नो क्यारियरमा पहिलो पटक विश्वकप जितेका हुन् । उनले भने- ‘विश्वकप जितिन्छ जस्तो लागेको थियो, तर जसरी …

पुरा पढ्नुहॊस »

मेसी सर्वोत्कृष्ट खेलाडी, एम्बाप्पे सर्वाधिक गोलकर्ता

काठमाडौं । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन् । मेसीले फाइनलमा दुई गोल गर्नुका साथै प्रतियोगिताभर जम्मा ७ गोल तथा दुई असिस्ट गरेका छन्। उनी फाइनलमा समेत प्लेयर अफ लि म्याच भए। ५ खेलामा प्लेयर अफ लि म्याच भइ । साथै, पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्। विश्वकपका सबै चरणमा गोल गर्ने पहिलो खेलाडी बने …

पुरा पढ्नुहॊस »

अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकपको उपाधि

काठमाडौं । अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले १९८६ पछि ३६ बर्षपछि पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यो अर्जेन्टिनाले जितेको तेस्रो विश्वकपको उपाधि हो । अर्जेन्टिनाले यसअघि १९७८, १९८६ मा विश्वकप जितेको थियो । १९८६ पछि अर्जेन्टिना १९९० र २०१४ विश्वकपको फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । ९० मिनेटपछिको ३० मिनेटको अतिरिक्त समयमा …

पुरा पढ्नुहॊस »

विश्वकपको उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै, को बन्ला च्याम्पियन ?

काठमाडाैँ । विश्वकप फुटबलको उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फ्रान्स मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार राति पौन ९ बजे सुरु हुनेछ । फ्रान्सले लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो । अर्जेन्टिना ८ वर्ष पछि फाइनलमा फर्किएको हो । फ्रान्सले २०१८ मा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो । अर्जेन्टिना भने २०१४ मा …

पुरा पढ्नुहॊस »

मोरक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

काठमाडाैँ । मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपमा तेस्रो भएको छ । अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो । खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २-१ को दोस्रो पटक अग्रता दिलाएका हुन् । त्यहि गोल निर्णायक बन्यो । त्यसअघि खेलको सातौँ मिनेटमा नै १-० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १-१ …

पुरा पढ्नुहॊस »

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

काठमाडाैँ । विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि साविक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन् । यसअघि समूह चरणमा खेलेका यी टोली दोस्रो पटक भिड्न लागेका हुन् । पहिलो खेलमा गोलरहित खेलेका थिए । मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । क्रोएसिया अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो । यी दुई टोलीको खेल शनिबार राति ८ः४५ बजे खालिफा …

पुरा पढ्नुहॊस »