एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमले एक स्थान सुधार गरेको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १४औँ स्थानमा उक्लिएको हो । नेपाल यसअघिको वरीयतामा १५औँ स्थानमा थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को मा गरेको प्रदर्शनका आधारमा नेपालको वरीयतामा सुधार भएको छ । अब आइसीसीको वरीयतामा एसोसिएट राष्ट्रमध्ये स्कटल्यान्ड मात्र नेपालभन्दा माथि रहेका छन् । नेपालभन्दामाथि स्कटल्यान्ड १२औँ स्थानमा रहेका छन् ।

ओमानको नेपालभन्दा पछि १५औं स्थानमा छ भने नेदरल्याण्डस १६औं, अमेरिका १७औं , नामिबिया १८औं र युएई १९औं स्थानमा रहेको छ ।

एकदिवसीय वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ । दोस्रो स्थानमा न्यूजील्याण्ड र भारत तेस्रो स्थानमा रहेको छ । त्यस्तै चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा पाकिस्तान छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री