काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।
२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व टुर अन्तर्गत नेपाल पनि ल्याउन लागिएको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो ।
ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ ।
जसमा पहिलो दिन शुक्रबार स्वयम्भूमा ट्रफीको प्रदर्शन हुनेछ भने त्यसपछि ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ र पुनः काठमाडौं ल्याइने छ । आइतबार विहान भने ट्रफीलाई काठमाडौंको चन्द्रागिरीमा प्रदर्शनमा राखिने छ । अन्तिम दिन सोमबार बसन्तपुरमा ट्रफीलाई प्रदर्शनमा राखी नेपाल भ्रमणको अन्त्य गरिने आईसीसीका नेपाल प्रतिनिधिले जानकारी दिएका छन् ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।




