काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध खेलमा बार्सिलोना कप्तान लियोनल मेस्सी घाइते भएका छन् ।
नाउ क्याम्पमा खेलको २६ औं मिनेटमा सेभियाका फ्रान्को भाज्क्वेजसंग जुध्न पुग्दा दाहिने हातमा चोट लाग्दा मेस्सी घाइते भएका हुन् ।
उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । मेस्सी तीन साता बाहिर रहने पुष्टि बार्सिलोनाले समेत गरेको छ ।
यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको पनि गुमाउने पक्का भएको छ । मेसीले मध्यसातामा हुने इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल पनि गुमाउनेछन् ।
यॊ पनि हेर्नुहॊस
ब्राजिलसँग उरुग्वेको रोमाञ्चक बराबरी, अर्जेन्टिना विजयी
काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ …
प्रतिकृया दिनुहॊस