दराज नेपालद्वारा अग्रणी ब्रान्डहरूमा आकर्षक छुटको बहार सहित ७.७ महाबचत बजार अभियानको घोषणा

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ७.७ महाबचत बजार अभियानको आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमार्फत  आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा छुट तथा रोमाञ्चक उपहारहरू जित्ने सुवर्ण अवसर प्राप्त हुनेछ ।

७.७ महाबचत बजार सेल अभियान, जुलाई ६ (असार २२, २०८३)को बेलुकी ८ बजेदेखि आरम्भ हुनेछ । अभियान अवधिभर विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको छुट प्राप्त  हुनेछ । साथै, निःशुल्क डेलिभरी र रु. ५० लाख बराबरका भौचरहरू समेत उपलब्ध हुने कम्पनीले जानकारी दिइएको छ । उपलब्ध गरिने यी अवसरले आयोजनाको तयारीमा रहेको बृहत्त सेललाई यस सिजनकै सबैभन्दा ठूलो तथा लाभदायक किनमेल अभियानमध्ये एक बनाउने कम्पनीको दावी छ ।

सेल अवधिभर दराजका लोकप्रिय साझेदार ब्रान्डहरूका तर्फबाट विशेष अफरहरू पनि प्राप्त  हुनेछ । प्लाटिनम ब्राण्ड पार्टनर्स अन्तर्गत एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा तथा पिल्ग्रिमका तर्फबाट ५० प्रतिशतसम्म छुट प्रदान गरिने ब्यवस्था रहेको छ । त्यसैगरी, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्डहाउस, सुजुकी, कोसआरएक्स तथा एंकरका तर्फबाट ६० प्रतिशतसम्म छुट र सिल्भर ब्राण्ड पार्टनर्स एम्परस्यान्ड, मारिको, पि सेफ, फ्यानटेक तथा ¥होतोका छानिएका उत्पादनहरू ८० प्रतिशतसम्मको विशेष छुटमा उपलब्ध गरिने ब्यवस्था गरिएको छ ।

ग्राहकहरूले ब्राण्ड रश आवरको विशेष अफरको पनि लाभ लिन सकिनेछ । जुलाई ६को बेलुकी ८ बजेदेखि जुलाई ७को बिहान २ बजेसम्म सञ्चालन हुने यस विशेष अवधिमा १०० भन्दा बढी ब्रान्डका उत्पादनहरूमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ । ग्राहकहरूको बचतलाई अझ बढाउन दराजले ईसेवासँग सहकार्य गरेको छ । ईसेवा मार्फत भुक्तानी गर्ने  ब्राण्ड रश आवर अवधिमा १२ प्रतिशतसम्म (अधिकतम रु. २००) छुट तथा नियमित किनमेल अवधिमा १० प्रतिशतसम्म (अधिकतम रु. १,०००) छुट प्राप्त हुनेछ ।

जति धेरै किनमेल उत्तिनै ठूलो उपहार जित्ने अवसर

यस अभियानलाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ दराज नेपालले सेल अवधिभर विभिन्न आकर्षक गिभअवेहरू आयोजना गर्ने भएको छ । मेगा गिभअवे अन्तर्गत तीन जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जनही एक एक थान स्मार्टफोन जित्न सक्नु हुनेछ । पुरस्कारहरूमा नथिंग फोन फोर ए, मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस पल्स टू रहेका छन् । यसका साथै, फ्यानटेक, अल्टिमा र बोस्सिनी लगायतका ब्रान्डका उत्पादनहरू समावेश गरिएका दैनिक गिभअवे मार्फत पनि आकर्षक पुरस्कारहरु जित्ने अवसर प्राप्त हुनेछ ।

दराजमा उपलब्ध कुनै पनि भुक्तानीका माध्यम प्रयोग गरी न्यूनतम रु. ५,००० बराबरको खरिद सफलतापूर्वक पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनेछन् । त्यसैगरी, सेल अवधिभर कम्तीमा एक पटक सफलतापूर्वक किनमेल गर्ने प्रत्येक ग्राहक दैनिक गिभअवेका लागि योग्य हुनेछन् । दैनिक विजेताहरूको घोषणा सेल अवधिभर हरेक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष (लाईभ) गरिने जानकारी दिइएको छ ।

अविश्वसनीय छुट, विशेष डिजिटल भुक्तानी अफर, निःशुल्क डेलिभरी तथा आकर्षक पुरस्कारहरूसहित दराजको ७.७ महाबचत बजारले यस सिजनकै सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री