नेइमारबिनै पीएसजीकाे फराकिलो जित

काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारबिनै नै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले एमिएन्सलाई ५–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा नेयमारसँगै पिएसजीले थियागो सिल्भा र थोमस म्युनिरलाई समेत विश्राम दिएको थियो ।
एमिएन्ससँगको खेलमा पिएसजीका मार्किन्होस, एड्रीएन राबिओट, जुलियन ड्राक्सलर, केलियन एमबाप्पे र मौसा डीयाबीले एक एक गोल गरेका थिए ।
पीएसजीका लागि १२ औँ मिनेटमा मार्क्वीन्होसले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ४२ औँ मिनेटमा राबिओटले गोल गरेपछि पहिलो हाफमा पिएसजीले २–० को अग्रता लियो । ८० औँ मिनेटमा ड्राक्सलर, ८२ औँ मिनेटमा केलियन एमबाप्पे तथा ८७ औँ मिनेटमा डियाबीले गोल गरेका हुन् ।
जितसँगै लिगमा शीर्ष स्थानमा रहेको पिएसजीले १० खेलमा १० जितसहित ३० अंक जोडेको छ । पराजित एमिएन्स १० खेलबाट १० अंक जोडेर १७ औं स्थानमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री