म्यानचेस्टर सिटी कारवाओ कपको क्वाटरफाइनलमा

काठमाडाैं । फुलहमलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस लिग फुटबल (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान इतिहादमा बिहिबार राति भएको खेलमा सिटीका युवा खेलाडी ब्राहिम डियाजले दुई गोल गरेपछि फुलहममाथि २–० को सहज जित निकाल्दै कारवाओ कपको अन्तिम आठमा पुगेको हो ।

सिटीका लागि ब्राहिमले पहिलो र दोस्रो हाफमा समान १-१ गोल गरेका थिए । उनले खेलको १८औं मिनेटमा भिसेन्ट कोम्पनीले दिएको पासमा गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

खेलको ६५औं मिनेटमा डियाजले टिमका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित निश्चित गरे । गाब्रियल जेससको प्रहारलाई फुलहमका गोलरक्षकबाट रिवाउन्ड भएर फर्किएको बललाई ब्राहिमले गोल गरेका हुन् । त्यसपछि खेलमा थप गोल भएन र सिटी २–० ले विजयी भयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री