समाचार

यी क्षेत्रमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, …

पुरा पढ्नुहॊस »

माइतीघरमा एक पुरूषले गरे आत्मदाहको प्रयास

काठमाडाैं – काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् । ती व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन् । उनलाई अहिले उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ । उनको अवस्था …

पुरा पढ्नुहॊस »

चिहानडाँडा नजिककै बोराभित्र महिलाको शव फेला

काठमाडाैं । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले बताए, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ …

पुरा पढ्नुहॊस »

सरकारी हाेस् कि निजी, विद्यालयमा तालाबन्दी हुन दिन्नाैँ : मेयर बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले महानगरको प्रमुख प्राथमिकता शिक्षा भएको बताएका छन् । महानर क्षेत्रका भित्रका विद्यालयको गुणस्तर सुधार्न निरन्तर अनुगमनमा लागेको बताउँदै मेयर बालेनले पढ्ने ठाउँमा शैक्षिक संगठनले ताला लगाएर शैक्षिक वातावरण विगार्ने र सरकारी तथा निजी कुनै पनि विद्यालयमा राजनीति गर्ने वातावरणलाई महानगरले अन्त्य गर्ने उनले बताएका छन् । काठमाडौँको एक विद्यालयमा लगाइएको ताला समेत महानगरको टोलीले फुटाएको छ । उनले भनेका छन्, ‘हामी महानगरभरिका विद्यालयको …

पुरा पढ्नुहॊस »

नर्भिकमा प्रधानमन्त्रीको होलबडी चेकअप- ठूलो समस्या छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेल अस्पताल भर्ना, मुटुमा देखियो समस्या

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् । मंगलबार ११ बजे अस्पताल भर्ना गरिउका उनको समस्यासम्बन्धी सम्पूर्ण परीक्षण मंगलबार गरिने भएको छ । पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयले भने उनका विषयमा कुनै जानकारी दिएको छैन ।

पुरा पढ्नुहॊस »

सचिव पाण्डेलाई शर्त राखेर तारिखमा छाड्न माग

काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणका आरोपी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् । कानून व्यवसायीहरुले शंकाको भरमा मुद्दा चलाइएको भन्दै तारेखमा छोड्न माग गरेको हो । अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलेशंकाको भरमा कसैलाई पनि थुन्न नहुने बताए । सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप …

पुरा पढ्नुहॊस »

सत्तारुढ गठबन्धन बैठक : बजेट पास गर्ने सहमति

काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।  उनले भने, ‘बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भयो। सबै दलका नेताहरुबीच गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा हुनुहुन्छ ।’ बैठकमा बजेटमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले …

पुरा पढ्नुहॊस »

गगनले दोहोर्‍याए- कांग्रेसले सरकार छाड्छ तर आगामी चुनावमा कसैसँग तालमेल गर्दैन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा-२ को संयुक्त आयोजनामा हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने उनले स्पष्ट पारे । महामन्त्री थापाले त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिए । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको …

पुरा पढ्नुहॊस »

क्वालालम्पुरबाट भैरहवा आइपुग्यो राष्ट्रिय ध्वजावाहक, पर्यटनमन्त्रीले गरे स्वागत

काठमाडौँ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि आजबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरे । ‘राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौँ जाने छ, यो अब नियमित उडान हुनेछ,’ उनले भने …

पुरा पढ्नुहॊस »