समाचार

सुनवाइ समितिमा आफ्नो कार्य योजना पेश गर्दै हरिकृष्ण कार्की

काठमाडौँ । संवैधानिक परिषद्बाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । सिंहदरबारमा जारी छलफलमा कार्कीले आफ्नो कार्य योजना पेश गर्ने गरिरहेका छन् । सो क्रममा उनले आफ्नो नेतृत्वको समितिले दिएको सुझावका आधारमा गोला प्रणाली लागू भएपछि जिल्ला अदालतदेखि सबै तहमा हुने न्यायिक विचलनमा ६० प्रतिशत कमी आएको भनेर आफूले जानकारी पाएको बताए । कार्कीले अटोमेसन प्रणालीमा लैजाने आफ्नो योजना पनि सुनाए । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश …

पुरा पढ्नुहॊस »

भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार

काठमाडाैँ । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ …

पुरा पढ्नुहॊस »

आयल निगमले पाइपलाइन र भण्डारण गृह बनाइँदै

काठमाडौँ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार …

पुरा पढ्नुहॊस »

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ हुँदैछ । सुनुवाइका लागि संसदीय सुनुवाइ समितिले कार्कीलाई बिहान ८ बजे सिंहदरबार आमन्त्रण गरेको छ । लेखा समितिको हलमा कार्कीले प्रधानन्यायाधीश नियुक्त भएपछिका अवधारणा र कार्ययोजना राख्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘उहाँको पहिला प्रस्तुति रहन्छ । त्यसपछि माननीय ज्यूले प्रश्न राख्नुहुन्छ । सुनुवाइ सकिएपछि निर्णय हुन्छ,’ उनले भने । बिहान ११ बजे प्रतिनिधिसभा बैठक भएकाले बिहीबार नै सुनुवाइ सक्न समयको …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभामा बजेटबारे मन्त्रालयगत छलफल हुँदै

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुने जनाइएको छ । मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची …

पुरा पढ्नुहॊस »

पश्चिमतर्फ बढ्दै मनसुन, यस्तो छ तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति …

पुरा पढ्नुहॊस »

जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद

काठमाडाैं । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति  भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए । यस्तै दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दैआएकी थिइन् …

पुरा पढ्नुहॊस »

संसद् भवनअगाडी नेविसंघको प्रदर्शन, १२ जना पक्राउ

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले संघीय संसद् भवनअगाडी विरोध प्रदर्शन गरेको छ। नेविसंघका कार्यकर्ताले उच्च शिक्षा ऐन र संघीय शिक्षा ऐनसहित शिक्षासम्बन्धी कानुन तत्काल पारित गर्न माग गर्दै आज (बुधबार) दिउँसो प्रदर्शन गरेको हो। प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तामाथि प्रहरीले धरपकड गरेर १२ जनालाई पक्राउ गरेको छ।नेविसंघले शिक्षा क्षेत्रलाई समस्या पार्ने गरी नीतिहरु पारित नगरेको भन्दै विरोध जनाएको हो। शिक्षाबारेको कानुन संसद्मा पेश नगरिँदा विद्यार्थी र यससँग …

पुरा पढ्नुहॊस »

इप्पान अध्यक्षमा गणेश कार्की निर्विरोध, किरण मल्लको उम्मेदवारी रद्द

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार किरण मल्लको उम्मेदवारी रद्द भएपछि कार्की निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले योग्यता नपुगेको भन्दै मल्लको उम्मेदवारी रद्द गरिदिएको थियो । समितिले उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गरेका छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी पनि निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुर्य अधिकारीको उम्मेदवारी रद्द भएपछि डाँगी …

पुरा पढ्नुहॊस »

एक दिन ढिला गरी नेपाल भित्रियो मनसुन, १२ लाख नागरिक प्रभावित हुने प्रक्षेपण

काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रणाली एक दिन ढिला गरी आज (बुधबार) बाट भित्रिएको छ । कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, वाग्मती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन प्रणाली आगमन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा एक दिन ढिलो नेपाल प्रवेश गरेको छ । नेपालको अन्य भू–भागहरूमा केही …

पुरा पढ्नुहॊस »