समाचार

गगनले दोहोर्‍याए- कांग्रेसले सरकार छाड्छ तर आगामी चुनावमा कसैसँग तालमेल गर्दैन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा-२ को संयुक्त आयोजनामा हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने उनले स्पष्ट पारे । महामन्त्री थापाले त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिए । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको …

पुरा पढ्नुहॊस »

क्वालालम्पुरबाट भैरहवा आइपुग्यो राष्ट्रिय ध्वजावाहक, पर्यटनमन्त्रीले गरे स्वागत

काठमाडौँ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि आजबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरे । ‘राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौँ जाने छ, यो अब नियमित उडान हुनेछ,’ उनले भने …

पुरा पढ्नुहॊस »

पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं – हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पराजय भोगेको छ । पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सफल हुँदा ९ रनको हार ब्यहोरेको हो । नेपालले ६ विकेटको क्षतिमा उक्त रन बनाएको थियो ।  

पुरा पढ्नुहॊस »

प्रचण्ड-बाबुरामविरुद्ध परेको रिटको आज सुनुवाइ

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुने भएको छ । पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईलाई कारबाही गर्न माग गर्दै दिएको रिटमा आज …

पुरा पढ्नुहॊस »

फलोअपका लागि सिंगापुर जाँदै देउवा, आरजु पनि जाने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्दैछन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनको सचिवालयका अनुसार सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन् । पेटसम्बन्धी समस्या देखिएपछि उनी केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् । पत्नीसहित आरजु देउवासहित सिंगापुर जान लागेको देउवा करिब एकसाता पछि स्वदेश फर्कने बताइएको छ ।

पुरा पढ्नुहॊस »

बैंकमा पैसाको थुप्रै, निजी क्षेत्र किन लिँदैन कर्जा ?

काठमाडौं । वर्षको सुरुमा बैंकबाट ऋण नपाएको निजी क्षेत्रको गुनासो सुनिने गर्थ्यो । निजी क्षेत्रका कतिपय अगुवाहरूले बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाएको भन्दै आक्रोश पोख्थे । बैंकहरूसँग पर्याप्त पैसा (लगानीयोग्य रकम र तरलता) नभएकाले उनीहरूले सहजै कर्जा पाउने अवस्था थिएन । तर, अहिले अवस्था उल्टोजस्तै भएको छ । अहिले बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम सहज अवस्थामा आइपुगेको छ, तर निजी क्षेत्रले कर्जा उठाएको छैन । बैंकहरूमा २ खर्ब …

पुरा पढ्नुहॊस »

छात्रवृत्ति विवरण नबुझाउने १०० विद्यालयलाई स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए सम्बन्धन खारेज

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालित सय वटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण नबुझाएपछि ती विद्यालयलाई कामपाले लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको छ । कामपाले पाँच दिनको म्याद दिएर यही २३ गते छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरेको थियो । महानगरको सूचनाअनुसार अस्ति आइतबार ५ दिने म्याद सकिएको थियो । म्याद सकिएको भोलिपल्ट हिजो विवरण बुझाउने विद्यालयको संख्या गणना गरेको थियो । ‘कामपाभित्र ५ सय ४ विद्यालय छन् तीमध्ये अझै सय वटाले …

पुरा पढ्नुहॊस »

सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

बैतडी । मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बस्नुभएको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर …

पुरा पढ्नुहॊस »

नक्कली भुटानी शरणार्थी प्रकरण : आजपनि थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सोमबारको अदालती समय सकिँदा ६ जना प्रतिवादीका कानुन व्यवसायीको बहस बाँकी थियो। सोमबार गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण …

पुरा पढ्नुहॊस »

गोँगबुको होटलमा युवायुवती मृत भेटिए

काठमाडौं । काठमाडौं गोँगबुस्थित एक होटलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलमा युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका-१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौली घर भएकी मुस्कान …

पुरा पढ्नुहॊस »