सचिव पाण्डेलाई शर्त राखेर तारिखमा छाड्न माग

काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणका आरोपी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् । कानून व्यवसायीहरुले शंकाको भरमा मुद्दा चलाइएको भन्दै तारेखमा छोड्न माग गरेको हो ।

अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलेशंकाको भरमा कसैलाई पनि थुन्न नहुने बताए ।

सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने भन्दै उनले धरौटी मागे हुने बताए । ‘मान्छे मारेको केस होइन, केही होइन’ उनले भने, ‘थुना र धरौटी पनि होइन, अझ बोलाएको बखत आउने गरी छाड्ने आदेश गरे हुन्छ ।’

इजलासलाई शंका लाग्छ भने सन्दीप लामिछानेलाई झै शर्तसहित छाड्ने सक्ने भन्दै उनले उच्च अदालतबाट भएको आदेश सर्वोच्चबाट सदर भएकोतर्फ ध्यानाकर्षण गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस