समाचार

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

पुरा पढ्नुहॊस »

अर्थमन्त्रीलाई रास्वपा सांसदको प्रश्न- अर्को वर्ष सासमा पनि कर लगाउने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले गरिबलाई झनै गरिब बनाउने कर स्वीकार गर्न नसकिने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि प्रश्न गरेकी छिन् । यसअघि पटक–पटक राजनीतिक हिसाबले सदन रोकिएको भन्दै अब जनताका लागि पनि सदन आफ्नो पार्टीले रोक्ने उनले दाबी गरिन् । ‘गरिबलाई यसमा लेखेको करले कसरी सहुलियत हुन्छ ? आफूले टार्गेट …

पुरा पढ्नुहॊस »

नक्कली भूटानी शरणार्थी प्रकरण : सुरुभयो प्रतिवादीतर्फको बहस

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार बहस आज बिहान ११ बजेदेखि सुरु भएको हो । यसअघि नै निर्धारण भएको बहसको समयानुसार सरकारी वकिलले तीन दिनमा बहस सकेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले आजदेखि बहस सुरु गरेका हुन् । प्रतिवादीतर्फका कानुन …

पुरा पढ्नुहॊस »

‘लिभिङ टुगेदर’मा बस्दै आएकी युवतीको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि ‘लिभिङ टुगेदर’ मा बस्दै आएकी एक २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका–१० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित …

पुरा पढ्नुहॊस »

सुर्खेतका निजी विद्यालयमा एक साता गर्मी बिदा

सुर्खेत । सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेतले निजी विद्यालयमा गर्मी बिदा दिने भएको हो । सोमबार बसेको प्याब्सनको बैठकले अत्यधिक गर्मी बढेपछि एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्याब्सनले बुधबारदेखि ३० जेठसम्म सुर्खेतका सम्पूर्ण निजी विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको छ ।

पुरा पढ्नुहॊस »

भारतमा म सम्मानित भएर आएँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा आफू सम्मानित भएरै आएको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले अपमानित महसुस नगरेको बताए । ‘त्यहाँ (भारत) राज्यमन्त्री नै स्वागत गर्न आउने चलन छ, इतिहास हेर्नु भए हुन्छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म सम्मानित नै भएर आएँ । तर, यहाँ हुने तपाईँहरू अपमानित भयो भन्नुहुन्छ । त्यस्तो होइन म सम्मानित भएर नै आएको …

पुरा पढ्नुहॊस »

पाँचखालको औद्योगिक ग्राम ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’मा रूपान्तरण

काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको हो । यस्तै विधेयक समितिबाट मन्त्रिपरिषद्मा आएको विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसद्मा पेश …

पुरा पढ्नुहॊस »

यी हुन् बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक विविध निर्णय गर्दै सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको हो । विधेयक समितिबाट मन्त्रिपरिषद्मा आएको विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसद्मा पेश गर्न अनुमति दिएको हो । यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह …

पुरा पढ्नुहॊस »

सुदुरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आज सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।  

पुरा पढ्नुहॊस »

गाडीसहित सीटीईभीटीका दुई कर्मचारीको शव फेला

काठमाडाैँ । गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी मंगलबार साँझ फेला परेको छ । गाडीमा दुई जनाको शवसहित भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । एक जना अझै बेपत्ता छन् । सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएपछि गाडी र त्यसमा सवार दुई जनाको शव भेटिएको प्रहरीको भनाइ छ । शवको पहिचान भने हुन सकेको छैन । नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक …

पुरा पढ्नुहॊस »