काठमाडौं । प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सी कारोबार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत् सट्टेबाजी गरेर करोडौंको कारोबार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । वान एक्स वेटबाट सट्टेबाजी गर्नेमध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड बढीको कारोबार गरेको अनुसन्धानमा देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिएका छन् । पक्राउ परेका …
पुरा पढ्नुहॊस »जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारी प्रस्ताव सच्याउनुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको हो । समितिले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको निर्णय संविधानको भावनाविपरीत रहेको निष्कर्ष निकाल्दै सच्याउनुपर्नेमा जोड दिएको छ । १५ जेठमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय …
पुरा पढ्नुहॊस »बालकृष्ण खाँणको प्रतिरक्षामा दोस्रो दिनको थुनछेक बहस जारी
काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाँणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन उनका तर्फबाट १० कानुन व्यवसायीले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार मङ्गलबार पूर्व …
पुरा पढ्नुहॊस »सरकारलाई सफल बनाउन नसके पार्टीलाई स्थापित गर्न सकिदैँन : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले, यो सरकार सफल हुनुको विकल्प नभएको बताएका छन् । बुधवार, धनी राम पौडेलको चौथो स्मृति विशेष कार्यक्रममा बेल्दै उनले, सरकारलाई सफल बनाउन नसके पार्टीलाई स्थापित गर्न नसकिने भन्दै कुनै पनि हालतमा सरकारलाई सफल बनाउनु पर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री नै हाम्रै पार्टीको हुनुहुन्छ, म आफैँ वरिष्ठ उपाध्यक्ष गृहमन्त्रीको रूपमा सरकारमा छु। यो बेलामा हामीले सरकारलाई सफल बनाउन सकेनौ भने हामी, र हाम्रो पार्टीले आफूलाई …
पुरा पढ्नुहॊस »राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन् । अस्पतालले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए । उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको थियो । उनी आज डिस्चार्ज भएको अस्पतालका …
पुरा पढ्नुहॊस »कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई
काठमाडौँ । नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । कांग्रेसका विधान २०१७ संशोधनसहितको धारा २५ को उपधारा १३ अनुसार देउवा स्वदेश फिर्ता नभएसम्मका लागि खड्कालाई कार्यवाहक तोकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । सभापति देउवा मंगलवार सिंगापुर प्रस्थान गरेका हुन् । उनी करिब एक सातापछि नेपाल फर्किने उनको सचिवालयले जनाएको छ ।
पुरा पढ्नुहॊस »सरकारले जनताको पक्षमा लिएका सकारात्मक पहलले प्रतिगामी अतालिए : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन् । बिहान बालुवाटारमा प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सरकारले थुप्रै विकृति र विसंगति रोक्ने काम गरेका बताए । ‘जनतालाई प्रत्यक्ष सेवा दिनेकुरा, विदेशमा गएका नेपालीहरूलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति …
पुरा पढ्नुहॊस »बगैंचाको विवादमा ११ वर्षीया बालिकाको गोली हानी हत्या
एजेन्कासी । फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बेलाइती कन्याको गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो । आक्रमणमा उनका आमा बुवा गम्भीर घाइते भएका छन् । उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् । उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ । घटनामा ११ वर्षीया बालिका …
पुरा पढ्नुहॊस »कांग्रेस सभापति देउवा उपचारका लागि सिंगापुर पुगे
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने सोमबार नै सिंगापुर पुगेकी थिइन् । सिंगापुरमा पूर्व तयारीका लागि श्रीमती राणा पहिला नै पुगेकी हुन् । पेटमा समस्या देखा परेपछि देउवा तीन वर्षअघि पनि सिंगापुर गएका थिए । उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री प्रचण्ड आज दैलेख जाँदै
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेख जाने भएका छन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् उनी दैलेख जान लागेका हुन् । यो कार्यक्रम दुल्लू नगरपालिका–१२ स्थित दह गाउँमा हुनेछ । दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ । कुल शिरोमणि दाशुको …
पुरा पढ्नुहॊस »