काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन काँग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्क्याएको बताए । उनले जुनसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए …
पुरा पढ्नुहॊस »उपप्राध्यापक प्रेम चलाउनेले सुरू गरे आमरण अनसन
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन सुरू गरेका छन् । सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएपछि त्यसको बिरोधमा उनले अनसन सुरु गरेका हुन् । काठमाडौं जिल्ला अदालतमा आमरण अनशनमा बसेका चलाउनेलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो । त्यस लगत्तै उनले त्रिभुवन विश्वविद्यालय परिसरमा पुगेर अनसन सुरु गरेका हुन् । त्यसपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउने त्रिवि भिसी …
पुरा पढ्नुहॊस »दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने …
पुरा पढ्नुहॊस »सिचाईँका पूर्वडिजीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले राजभण्डारीविरुद्ध सोमवार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ विगो, त्यति नै जरिवाना, स्रोत नखुलेको रकमबाट बढेर बढाइएको चलरअचल सम्पत्ति जफत र कैद सजाय मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि राजभण्डारीकी श्रीमती दीपा …
पुरा पढ्नुहॊस »एक करोडमा नयाँ सहर !
काठमाडौं । बसाइसराइ रोक्न तथा क्षेत्रीय विकासमा सन्तुलन ल्याउन सरकारले १२ वर्षअघि मध्यपहाडी लोकमार्गले छोएका १० वटा ठाउँमा नयाँ सहर निर्माण गर्ने योजना अघि सायो । पछि नयाँ सहरको संख्या थपिँदै गयो अहिले त्यस्ता सहरको संख्या ५४ वटा पुगेको छ, सरकारले पनि ती सहरका लागि कनिका छरे बजेट विनियोजन गर्ने गरेको छ । नयाँ सहर आयोजनका आयोजना प्रमुख एकराज अधिकारीका अनुसार ५४ वटा नयाँ सहरमध्ये अधिकांशमा एउटा भवन बन्ने जति …
पुरा पढ्नुहॊस »विपद् व्यवस्थापनका लागि निकासा भएको १ अर्ब खै ?
काठमाडौं । विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८र७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद् व्यवस्थापनका नाममा वर्षेनी अरबौंरुपियाँ निकासा भएपनि विपद्बाट अपुरणीय क्षति हुने क्रम घट्नुको साटो बढ्ने गरेको छ। सोमबार मात्रै पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा बाढी पहिरोमा परी ५ जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढीबेपत्ता छन् । मनसुनको प्रवेशसँगै देशभरका …
पुरा पढ्नुहॊस »समाजवादी मोर्चाबारे बाबुराम- ‘सबैलाई सधैं ठग्न सकिन्नँ’
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको निर्माणप्रति आशंका व्यक्त गरेका छन् । जालझेलले समाजवादको निर्माण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भए पछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ …
पुरा पढ्नुहॊस »प्रतिनिधिसभाको बैठक आजपनि, विनियोजन विधेयकमाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
पुरा पढ्नुहॊस »भीषण वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी जानकारी
काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको …
पुरा पढ्नुहॊस »डा. सन्दुक रुइतलाई पुरस्कारमा कर छुट दिने सरकारको निर्णय
काठमाडौं । सरकारले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ । प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट पाउने भएका हुन् । उनलाई कर छुट दिने निर्णय राजपत्रमा समेत प्रकाशित भएको छ । बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ …
पुरा पढ्नुहॊस »