सरकारी हाेस् कि निजी, विद्यालयमा तालाबन्दी हुन दिन्नाैँ : मेयर बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले महानगरको प्रमुख प्राथमिकता शिक्षा भएको बताएका छन् ।

महानर क्षेत्रका भित्रका विद्यालयको गुणस्तर सुधार्न निरन्तर अनुगमनमा लागेको बताउँदै मेयर बालेनले पढ्ने ठाउँमा शैक्षिक संगठनले ताला लगाएर शैक्षिक वातावरण विगार्ने र सरकारी तथा निजी कुनै पनि विद्यालयमा राजनीति गर्ने वातावरणलाई महानगरले अन्त्य गर्ने उनले बताएका छन् । काठमाडौँको एक विद्यालयमा लगाइएको ताला समेत महानगरको टोलीले फुटाएको छ ।

उनले भनेका छन्, ‘हामी महानगरभरिका विद्यालयको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ । र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो । यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौँ महानगरपालिकालाई उजुरी गर्ने हो । पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस