समाचार

‘आदिपुरुष’को संवाद नसच्याए महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको चेतावनी

काठमाडौँ । मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका भित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका छन् । भारतीय फिल्म आदिपुरुषमा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्च्याएसम्म कुनै पनि फिल्म महानगर भित्रका सिनेमा हलमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका हुन् । मेयर बालेनले नेपालमा मात्र नभई पुरै भारतमा सच्च्याउनुपर्ने बताएका छन् । यसका लागि उनले तीन दिनको समय दिएका छन् । उनले भनेका छन्- ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा …

पुरा पढ्नुहॊस »

फिल्म ‘गणपति’को सुटिङ सेटमा आगलागी

काठमाडौँ । नेपाली चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । उक्त फिल्मको एउटा गीटको भिजुअल सुटिङका क्रममा सेटमा आगलागी भएको बताइएको छ । उक्त गीतमा अभिनेत्री वर्षा शिवाकोटी र एक सय जना कोरसको तृत्य छायांकन चलिरहेको थियो । बालाजुमा रहेको चलचित्र विकास संस्थानमा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ । उक्त गीतको नृत्यमा कविराज गहतराजले निर्देशन गरिरहेका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

नक्कली शरणार्थी प्रकरण : प्रतिवादी १८ जनाकै बहस सकियो

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएको छ । अभियुक्ततर्फको बहस सकिएसँगै आजको बहसको क्रम पनि सकिएको छ । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए । उनीहरु तीन जनाको पक्षमा प्रतिरक्षा बहस सकिएसँगै अब शुक्रबार बिहानदेखि २ बजेसम्म सरकारी वकिलहरुले जवाफी बहस गर्ने भएका छन् । भोलि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका …

पुरा पढ्नुहॊस »

चित्रबहादुर केसीको प्रश्न- बजेट कम भएका जिल्लाका सांसद कुन मुख लिएर जाने ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरुको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरु कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गरे । प्रधानमन्त्रीको गृहजिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौतीको माग …

पुरा पढ्नुहॊस »

संसद्‌मा आले- अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर पर्यटनमन्त्री सुदन किरातीप्रति व्यङ्ग्य गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले यस्तो बताएका हुन् । उनले पशुपतिनाथ मन्दिरको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाए । अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको उनको जिकिर छ । सांसद आलेले चोरलाई संरक्षण गरेको पनि बताए । …

पुरा पढ्नुहॊस »

अधिकारकर्मीहरुको प्रदर्शनमा प्रहरीको धरपकड

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ । शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरूसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्व सभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । उनीहरूले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम …

पुरा पढ्नुहॊस »

अनलाइन जुवामा संलग्न भएको भन्दै ‘बल्छी र राजु मास्टर’सहित ८ पक्राउ

काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको भन्दै ‘बल्छी र राजु मास्टर’सहित ८ पक्राउ परेका छन् । काठमाडौँ अपराध अनुसन्धान कार्यालयलेको टोलीले ‘बल्छी ध्रुवे’ भनिने मरिमान श्रेष्ठसँगै राजु पौडेललाई पनि पक्राउ गरेको खुलेको हो । पक्राउ परेका अन्य ६ जनाको नाम खुल्न सकेको छैन । काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरुलाई काठमाडौँको स्वयम्भुलगायत ठाउँबाट पक्राउ गरिएको हो । विश्वका विभिन्न ठाउँमा हुने खेलको अड्कलबाजी गर्ने गरी …

पुरा पढ्नुहॊस »

सुरक्षा सल्लाहकारमा नियुक्त वैरागीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका पूर्व मुख्यसचिव शंकरदास वैरागीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आजै बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई मन्त्रिस्तरीय सुविधा दिने गरी सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका हुन् । वैरागीको कार्यकाल आगामी असोजमा सकिँदै थियो । उनलाई राजीनामा गराएर सरकारले सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

पुरा पढ्नुहॊस »

वैकुण्ठ अर्याल बने मुख्यसचिव, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त

काठमाडौँ । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो । उनी शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका थिए । असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो । यस्तै वर्तमान मुख्यसचिव वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरिएको …

पुरा पढ्नुहॊस »

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको आजको सुनुवाइ सकियो, भोलि सवाल-जवाफ

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ । भोलिका लागि अर्को सुनुवाइ तय गर्दै आजको सुनुवाइ सकिएको हो । कार्कीलाई भोलि पनि सुनुवाइका बोलाइएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिमा भएको सुनुवाइमा कार्कीले गोला प्रणालीबाट न्याय निरूपणमा सहज भएको र अदालतप्रतिको आलोचना घटेको उल्लेख बताएका थिए । गोला प्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको उनको दाबी छ । सर्वोच्च …

पुरा पढ्नुहॊस »