‘आदिपुरुष’को संवाद नसच्याए महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको चेतावनी

काठमाडौँ । मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका भित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका छन् । भारतीय फिल्म आदिपुरुषमा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्च्याएसम्म कुनै पनि फिल्म महानगर भित्रका सिनेमा हलमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका हुन् ।

मेयर बालेनले नेपालमा मात्र नभई पुरै भारतमा सच्च्याउनुपर्ने बताएका छन् । यसका लागि उनले तीन दिनको समय दिएका छन् ।

उनले भनेका छन्- ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस