काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल रु ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा चालु आव २०७९/८० भन्दा दुई अर्ब १५ करोड कम बजेट आएको छ । चालु आवमा रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मस्कीले आर्थिक वर्ष २०८०/८१ का लागि आज लुम्बिनी …
पुरा पढ्नुहॊस »गण्डकी प्रदेश- ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक
काठमाडौं । गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जीतप्रकाश आलेले ०८०/८१ का लागि शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । गण्डकीमा चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाख रुपैयाँ कम बजेट ल्याइएको हो । चालु वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट आएको थियो । मन्त्री आलेले प्रस्तुत गरेको बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ । …
पुरा पढ्नुहॊस »बागमती प्रदेशमा ६२ अर्ब ७० करोड ९० लाखको बजेट
काठमाडाैं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले कुल विनियोजित बजेट मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रति …
पुरा पढ्नुहॊस »राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने
काठमाडौं । राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो । परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । ‘जनतालाई असुविधा नहोस् र …
पुरा पढ्नुहॊस »थुनामा पठाउने आदेशपछि खाँणले भने- ‘म निर्दोष छु, उच्च अदालतबाट न्याय हुन्छ होला’
काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निर्दोष भएको दाबी गरेका छन् । जिल्ला अदालत, काठमाडौँले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि अदालत परिसरबाट बाहिरिनेक्रममा खाँणले यस्तो दाबी गरेका हुन् । पत्रकारहरूलाई संरक्षित प्रतिक्रिया दिँदै खाँणले यो घटनामा आफू संलग्न नभएको बताए । साथै उनले उच्च अदालतबाट न्याय हुने आशा समेत व्यक्त गरे । उनले भने, ‘यो घटनामा म सामेल थिइनँ । …
पुरा पढ्नुहॊस »प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, राष्ट्रपतिबाट लिए शपथ
काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । यसअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा ८ महिनासम्म रहेका कार्कीले उमेर हदका कारण २० साउनबाट अनिवार्य अवकाश पाउने छन् । उनको न्यायाधीशकाे कार्यकाल भने जम्मा डेढ महिनाभन्दा अलि बढी रहने भएको छ ।
पुरा पढ्नुहॊस »टोपबहादुरको सांसद पद स्वत: निलम्बनमा
काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव समेत रहेका टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ । प्रतिनिधि सभा नियमावली २०७९ को धारा २४८ को उपधारा ३ र ४ मा रहेको व्यवस्था अनुसार उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर …
पुरा पढ्नुहॊस »टाेपबहादुर र बालकृष्णसहित १६ जना पुर्पक्षमा कारागार चलान, २ जना धराैटीमा रिहा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्ये २ जना धरौटीमा रिहा हुने भएका छन् । काठमाडौँ जिल्ला अदालतले उक्त प्रकरणमा पक्राउ परेका १८ जना मध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । महर्जन ५ लाख र टंक गुरुङ १० लाख धरौटीमा रिहा हुने भएका हुन् । बाँकी १६ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । काठमाडाैँ जिल्ला …
पुरा पढ्नुहॊस »कर्णालीले ल्यायाे ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट (पूर्णपाठ)
काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् । यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब …
पुरा पढ्नुहॊस »पक्राउ परेका कलाकार/युट्युबरलाई हुनसक्छ यस्तो कारबाही
काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा वनएक्स बेटको प्रचार गरेर कलाकार तथा युट्युबरले ४० लाखसम्म कमिसन लिने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेकाे प्रारम्भिक अनुसन्धानमा पक्राउ गरेका कलाकार र युट्युबरले १० देखि ४० लाखसम्म रुपैयाँ बुझेर वनएक्स बेटको प्रचार गरेको स्वीकारेका हुन् । कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार पक्राउ परेका आठै जनाले वनएक्स बेट प्रचारका लागि रकम लिएको र साे रकम वनएक्स बेट कम्पनीबाट …
पुरा पढ्नुहॊस »