समाचार

कसिलो मौद्रिक नीतिकै तयारीमा राष्ट्र बैंक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देखिए पनि मुद्रास्फीति अझै लक्षित सीमाभन्दा माथि रहेकाले राष्ट्र बैंक दबाबमा छ । अझै विश्व अर्थतन्त्रमा सुधार नआएकाले विस्तारकारी मौद्रिक नीति लिंदा आर्थिक गतिविधि खुकुलो भई पुनः शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतमा दबाब बढ्ने आकलनमा कसिलो नीतिलाई नै …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभामा आजपनि मन्त्रालयगत छलफल हुने

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११: ०० बजे बोलाईएको छ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

पुरा पढ्नुहॊस »

देशभर फैलियो मनसुन, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली …

पुरा पढ्नुहॊस »

बैंक ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंक ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् । मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क थियो । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण …

पुरा पढ्नुहॊस »

धुर्मुस-सुन्तली फाउन्डेसनले तिर्नुपर्ने कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले धुर्मुस-सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको कर छुट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्ताव गरेकोमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिएकी हुन् । उनका अनुसार नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं …

पुरा पढ्नुहॊस »

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, बिगाे र जरिवाना ६ अर्ब

काठमाडौं । कर फर्छ्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बबहादुर महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्षको कैद सयाज हुने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीशहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलाशले यस्तो सजाय सुनाएको हो । तीन मध्ये तत्कालिन अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष एक महिना तथा ढकाल र शर्मालाई ९–९ वर्ष …

पुरा पढ्नुहॊस »

प्रदेश मन्त्री सिंहको उपचारका क्रममा निधन, श्रीमती र भाउजू जिप दुर्घटनालगत्तै बितेका थिए

काठमाडौं । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुए एसपी सन्तोषसिंह राठौरले मन्त्री सिंहको उपचारका क्रममा निधन भएको पुष्टि गरे । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठकमा खर्च कटौती प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गरेका छन् । अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी सात सांसदले फरक–फरक प्रस्ताव पेस गरेका हुन् । सांसद डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु एक कायम गरियोस्’ भन्ने …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो मुटुको शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेस मेकर राखिएको जानकारी दिए । पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ । गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल …

पुरा पढ्नुहॊस »

बझाङ जिप दुर्घटना : प्रदेशका आन्तरिक मामिलामन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु

काठमाडौं । बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंह रहेका छन्। उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पुष्टि गरे। सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १:३० …

पुरा पढ्नुहॊस »