समाचार

किसानको मेहनत सडकमा पोखिएको दृश्यले मन थाम्न मुस्किल हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानका उत्पादनको उचित मूल्य दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आइतबार कालीमाटीकामा फ्याँकिएका गोलभेँडाको फोटो राख्दै उनले यस्तो बताएका हुन् । आम्दानीको ग्यारेन्टी गर्न नसक्दासम्म कृषि क्षेत्रको विकास नहुने अध्यक्ष ओलीले बताए । ‘जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौँ, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौँ,’ उनले भनेका छन् । उनले आफ्नो सरकारको …

पुरा पढ्नुहॊस »

हिल्सा जाँदै गरेको जिप कर्णालीमा खस्यो

काठमाडाैँ  । कर्णाली नदीमा जिप खसेको छ। सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए। नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेका थिए। जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन्। जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भट्टराईले जानकारी दिए। उनलाई उपचारका …

पुरा पढ्नुहॊस »

कैलालीको गोदावरीमा युवती मृत फेला

काठमाडौँ । कैलालीको गोदावरीमा एक युवती मृत फेला परेकी छिन् । गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा नामथर नखुलेकी अन्दाजी २५/३० वर्षीया युवती सोमबार मृत फेला परेकी हुन् । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन् । मृत्युको कारण पनि खुल्न सकेको छैन । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

वैदेशिक लगानीमा लक्ष्य भेट्न मुस्किल

काठमाडौं । विश्वव्यापी मन्दीका कारण नेपालको प्रत्यक्ष वैदेशिक लगानी चालु आर्थिक वर्षमा निराशाजनक रहेको छ। यो आवको जेठसम्म कुल ३४ अर्व ५८ करोड वैदेशिक लगानी स्वीकृत भएको छ । वर्ष सकिन एक महिना बाँकी रहँदा वैदेशिक लगानी स्वीकृति गत वर्षभन्दा निकै कम हुने देखिएको छ । जेठमा सुधारसँगै थपिएको ४ अर्ब ९६ करोड लगानी प्रतिबद्धताले यस क्षेत्रमा केही राहत देखिए पनि गत वर्षको लक्ष्य भेट्न असारमा मात्र १९ अर्व ५७ …

पुरा पढ्नुहॊस »

बर्सेनि तीव्र रूपमा मौलाउँदो भ्रष्टाचार, अख्तियारमा १ वर्षमा २२ हजार उजुरी

काठमाडौं । राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो । १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको आयोगले जनाएको छ । आयोगका सचिव रामेश्वर दंगालले यो तथ्य आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा राख्नुभएको थियो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सो …

पुरा पढ्नुहॊस »

सडकमा गोलभेँडा फाल्ने किसान कि बिचौलिया ?

काठमाडौँ । किसानले गोलभेँडाको उचित मूल्य नपाउँदा आइतबार बिहान कालीमाटी तरकारी बजारभित्रै तरकारी फालेर विरोध जनाएका छन् । तर सरकार भन्छ : कालीमाटीमा फालिएको गोलभेँडा किसानले होइन, बिचौलियाले फालेका हुन् । उपत्यका आसपासमा टनेलमा गोलभेँडा खेती गर्ने किसानले गोलभेँडाको लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेँडा फाल्न बाध्य भएको बताइएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको सानो गोलभेँडाको थोक बिक्री मूल्य प्रतिकेजी आठ रुपियाँ तोकेको छ तर …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथी छलफल जारी रहने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ ।संघीय संसद् भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल सकिएको थियो …

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ पुग्यो मनसुन ? यस्तो छ तीन दिनको मौसमी जानकारी

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका …

पुरा पढ्नुहॊस »

वान एक्स बेटको प्रचार गरेर कलाकारले ४० लाखसम्म लिए

काठमाडौं । वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युबवरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले …

पुरा पढ्नुहॊस »

बालेनको निर्णयबारे दीपकराज- आदिपुरूषमात्रै बन्द गरौँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषका निर्माताले आफ्नो संवाद नसच्याएको भन्दै सोमबारदेखि सबै भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि फिल्म निर्माता एवम कलाकार दीपकराज गिरीले प्रतिक्रिया दिएका छन् । गिरीले समस्या आदिपुरुषले निकालेको हो भन्दै आदिपुरुष मात्र बन्द गर्नुपर्ने बताएका छन् । उनले उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ने भन्दै आदिपुरुष मात्र बन्द गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्-  समस्या आदिपुरूषले …

पुरा पढ्नुहॊस »