समाचार

भीषण वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी जानकारी

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको …

पुरा पढ्नुहॊस »

डा. सन्दुक रुइतलाई पुरस्कारमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ । प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट पाउने भएका हुन् । उनलाई कर छुट दिने निर्णय राजपत्रमा समेत प्रकाशित भएको छ । बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ …

पुरा पढ्नुहॊस »

अग्रगमन विरोधी मोर्चासँग तर्सिए : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्। सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा नबनेको बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको बताए । ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं । कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं । कसैलाई …

पुरा पढ्नुहॊस »

सिँचाइ विभागका पूर्वमहानिर्देशक राजभण्डारीविरुद्ध ३ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार राजभण्डारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ सम्म उनले …

पुरा पढ्नुहॊस »

चार दलले बनाए समाजवादी मोर्चा

काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका ४ दलले मोर्चाबन्दी गरेका छन् । राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी मोआवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोर्चा निर्माण गरेको घोषणा गरेका हुन् । ७ बुँदे घोषणापत्र जारी गर्दै ४ दलीय मोर्चाको नेतृत्व पनि सहमतिअनुसार आलोपालो गरिने छ । मोर्चाले लिने नीतिगत निर्णय गर्न यी दलका अध्यक्षहरुको संयोजन समिति संयोजन समिति हुनेछ । मोर्चा घोषणापछि नेताहरुले …

पुरा पढ्नुहॊस »

परियोजना स्वीकृतिलाई सहज बनाउन एआइएनको आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नेटवर्क (एआइएन) ले परियोजना स्वीकृतिलाई सहज बनाउन आग्रह गरेको छ । दिगो विकास तथा सुसासन समितिको सोमवारको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले आफूहरू नेपाल सरकारकै ऐन नियम अनुसार काम गरिरहेको र दिगो विकास लक्ष्य प्राप्तिमा सरकारलाई सहयोग पुर्‍याई राखेकाले पिए र जिए स्वीकृतिलाई सहज बनाउन पहल गरिदिन सभापतिको ध्यानाकर्षण गराएका हुन् । परियोजना सम्झौता र सामान्य सम्झौता स्वीकृतिको क्रममा विभिन्न मन्त्रालय धाउनुपर्दा परियोजना कार्यान्वयनमा पनि …

पुरा पढ्नुहॊस »

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, “यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि …

पुरा पढ्नुहॊस »

राजेन्द्र लिङ्देनकाे प्रश्न- नागरिकता विधेयक एमाले, रास्वपा र राप्रपाका कारणले रोकिएको हो ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयमा सत्तापक्षले राजनीतिकरण गरिरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलबाट भएजसरी गलत भाष्य बनाउन खोजेको बताए । अध्यक्ष लिङ्देनले नागरिकताको विषयमा प्रतिपक्षी दलहरुलाई आरोप लगाएर सत्तापक्षले नागरिकताबिहीनलाई भोट बैंकको रुपमा परिणत गर्ने …

पुरा पढ्नुहॊस »

त्रिवि कुटपिट प्रकरण : उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका हुन् । सोमबार काठमाडौँ जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा चलाउनेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए । अहिले चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते …

पुरा पढ्नुहॊस »

हर्क साम्पाङको निर्देशन- धरानमा ‘आदिपुरुष’को प्रदर्शन रोक्नू

काठमाडौँ । धरानमा विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । मेयर हर्क साम्पाङले नगरभित्रका हलहरूमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् । ‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला’, सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन् । यसअघि काठमाडौँ र पोखरामा प्रदर्शन निषेध गरिएको थियो । ‘सुरुमा काठमाडौँका मेयर बालेन शाहले आदिपुरुषमा रहेको ‘सीता भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म अन्य भारतीय चलचित्र पनि चल्न नदिने घोषणा गरेका हुन् …

पुरा पढ्नुहॊस »