काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन सुरू गरेका छन् । सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएपछि त्यसको बिरोधमा उनले अनसन सुरु गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतमा आमरण अनशनमा बसेका चलाउनेलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो । त्यस लगत्तै उनले त्रिभुवन विश्वविद्यालय परिसरमा पुगेर अनसन सुरु गरेका हुन् । त्यसपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउने त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।महान्यायाधिवक्ता कार्यालय हुँदै मन्त्रिपरिषद्को निर्णय आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालतमा पुगेको छ । अदालतमा पत्र दर्ता भइसकेको छ ।
प्रतिकृया दिनुहॊस