समाचार

दिवंगत मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा, मुख्यमन्त्रीसहितका नेताहरुद्वारा श्रद्धाञ्जली

काठमाडौं । जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । वुधबार धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका …

पुरा पढ्नुहॊस »

सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउने आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् । उपप्राध्यापक चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् । जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेविसंघका कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । चलाउने माथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायत विरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन …

पुरा पढ्नुहॊस »

मेयर बालेन शाहकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन् । मेयर शाहको पछिल्ला कार्यशैलीप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन् । मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन् । शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका गतिविधिमा उनको असन्तुष्टि छ । मेयर शाहले आफू नियुक्त हुनेबित्तिकै उनलाई सल्लाहकार नियुक्त गरेका थिए । गत वर्ष भदौमा काठमाडौं …

पुरा पढ्नुहॊस »

संविधान जारी हुनासाथ नागरिकता कानुन बनाउन दलहरू चुके : अमरेशकुमार सिंह

काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भर्त्सना गरेका छन् । सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे । बुधवार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धि विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराए ।

पुरा पढ्नुहॊस »

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

काठमाडाैँ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ …

पुरा पढ्नुहॊस »

काठमाडौँमा १३ हजारले छात्रवृत्ति पाए : विवरण नबुझाउने स्कुललाई १ लाख जरिवाना, अटेरी गरे स्वीकृति रद्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप एक लाख जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेस गर्न आग्रह गरेको थियो । तोकिएको समय सीमा पार गरिसक्दासम्म अझै केही विद्यालयले विवरण नबुझाएकाले उक्त विद्यालयहरुलाई एक लाख जरिवानासहित विवरण ल्याउन अन्तिमपटक प्रमुख साहले आग्रह गरेका हुन् …

पुरा पढ्नुहॊस »

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट बुधबार पहिलो उडान भएको हो । चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, …

पुरा पढ्नुहॊस »

मन्त्री सिंहको निधनमा सुदुरपश्चिममा आज शोक बिदा

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । दुर्घटनामा …

पुरा पढ्नुहॊस »

कृषिका १० कार्यक्रममा शून्य बजेट

काठमाडाैँ । अर्थमन्त्री प्रकाशशरण महतले पुँजीगत बजेट कटौती गरेर ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कृषिका आधा दर्जन कार्यक्रमलाई पैसा दिएका छैनन्। अर्थमन्त्री महतले आन्तरिक उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बजेट ल्याएको दावी गर्दै आएका छन्। उनले चालु आवको भन्दा ३ अर्व रुपैयाँले कृषिको बजेट पनि बढाएका छन्। तर, कृषिकै आधा दर्जनभन्दा धेरै कार्यक्रममा बजेट शून्य बनाइएको छ। बजेट सार्वजनिक गर्दा महतले आगामी वर्षका लागि कृषिमा ५८ अर्व ९८ करोड …

पुरा पढ्नुहॊस »

सरकारी सर्भर डाउन हुँदा १५ सय वेबसाइट प्रभावित

काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिए । तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उनले बताए । श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । विद्युत् प्राधिकरणको केबलमा हिट …

पुरा पढ्नुहॊस »