बझाङ जिप दुर्घटना : प्रदेशका आन्तरिक मामिलामन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु

काठमाडौं । बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंह रहेका छन्। उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पुष्टि गरे।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर शक्त घाइते बनेका मन्त्री पृथ्वीबहादुर सिंह,चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको छ।

डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस