काठमाडौं । सरकारले धुर्मुस-सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको कर छुट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्ताव गरेकोमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिएकी हुन् । उनका अनुसार नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनः स्थापनाका लागि संयुक्त रूपमा नेपाली टोली गठन गर्ने निर्णय पनि भएको छ ।
बाढीपहिरो पीडितहरूको उद्धार प्रभावकारी बनाउने विषय मुख्य भएको बताउँदै उनले यसनिम्ति प्रधानमन्त्रीले घटनास्थलमै पुगेर निर्देशन दिएको पनि बताइन् । ‘बाढीपहिरोका कारण अत्यन्त दुःखद घटना भयो । धेरै मानिस विस्तापित हुने अवस्था आयो । मानवीय र धन क्षति हुने जुन अवस्था बन्यो । त्यसका निम्ति प्रधानमन्त्री पनि घटनास्थल पुग्नुभएको छ । सरकार उद्धार, राहत, पुनः स्थापनामा लागिरहेको छ ।’
प्रतिकृया दिनुहॊस