बालुवाटार जग्गा प्रकरण : मालपोतका तत्कालीन नासु र खरिदार पक्राउ

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। प्रहरीले तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । यो प्रकरणमा पछिल्लोपटक पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री