काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
पुरा पढ्नुहॊस »सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने, प्रधानमन्त्री पुगे नर्भिक
काठमाडौँ । दिवङ्गत सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए । दाहालको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ बजेर ३३ मिनेट जाँदा नर्भिक अस्पतालमा निधन भएको हो । अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालले ८३३ जाँदा मृत घोषणा गरेको हो । सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित थिइन् । यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन …
पुरा पढ्नुहॊस »वैशाखमै आशयपत्र पाएका २५ ब्रोकर कम्पनी लाइसेन्सको पर्खाइमा
काठमाडाैँ । गत वैशाखमै ब्रोकर लाइसेन्सका लागि आशयपत्र पाएका २५ कम्पनील नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया भने केही पछि सरेको देखिन्छ । बोर्डले दुई चरणमा गरी १८ कम्पनीलाई लाइसेन्स वितरण गरेको हो । उसले पहिलो चरणमा जेठ ८ गते ७ र दोस्रो …
पुरा पढ्नुहॊस »पतिवियोगको तीन महिना नबित्दै गीताले गुमाइन् दुवै छोरा
कपिलवस्तु । वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप-यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो । नौ वर्षका प्रदीप र १२ वर्षका दीपकलाई हजुरबुबा र हजुरआमाको साथमा छाडेर गीता रोजगारीको सिलसिलामा दुबई पुगिन् । दुबई गएको एक महिना नपुग्दै फेरि उनलाई अर्को ठूलो बज्रपात परेको छ । बुद्धभूमि नगरपालिका–१ कपासी घरमा हजुरआमासँगै सुतेका उनका …
पुरा पढ्नुहॊस »हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न बन्यो समिति
काठमाडौं । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानविन गर्न समिति गठन गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेको छ । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौं उडान भरेको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) …
पुरा पढ्नुहॊस »राष्ट्रियसभाको बैठक, विनियोजन विधेयक आजै पारित गरिँदै
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिनेछ । त्यसअघि आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ । त्यसपछि अर्थमन्त्री …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय समितिअघि धुमबाराहीमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक
काठमाडौँ । कांग्रेसको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन् । सहमहामन्त्री किशोरसिंह राठोरका अनुसार बैठकमा निर्वाचन समीक्षादेखि नीति महाधिवेशनका विषयलाई नै प्राथमिकता दिइनेछ । देउवाले बैठकलाई अनौपचारिक छलफल गर्ने भनेर केन्द्रीय समितिको बैठकमा उठ्न सक्ने विभिन्न विरोधका आवाजलाई रोक्ने दाउ गरेको बताइन्छ । अघिल्लो वर्ष साउनमा बसेपछि बस्न …
पुरा पढ्नुहॊस »आज हावाहुरीको जोखिम, भारी वर्षा पनि, (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि …
पुरा पढ्नुहॊस »एसियन एथलेटिक्स एशोसियसन काउन्सिल मेम्बरमा राजीवविक्रम शाह निर्वाचित
काठमाडौँ । एसियन एथलेटिक्स एशोसियसनको काउन्सिल मेम्बरमा राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनले थाइल्यान्डमा भएको निर्वाचनमा युएई, हङकङलगायतका प्रतिस्पर्धीलाई पछि पार्दै विजय हासिल गरेका हुन् । उनले जम्मा ३४ स्कोर प्राप्त गरेर सबैभन्दा शीर्ष तहमा विजय हासिल गरेका हुन् । शाहसहित १५ देशका प्रतिनिधिको उम्मेदवारी परेको थियो । उनीसहित काउन्सिल मेम्बरका लागि ८ जना निर्वाचित भएका छन् । कर्णाली प्रदेश सभा सदस्य रहेका शाह नेपाल एथलेटिक्स संघका अध्यक्ष पनि …
पुरा पढ्नुहॊस »