मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको शव फेला (अपडेट)

काठमाडौं । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए-एमभी हेलिकोप्टर दुर्घटनाग्रष्त अवस्थामा फेला परेका छ । रुखमा ठोक्किएर उक्त हेलिकोप्टर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा मृतक ५ जनाको शव फेला परेको छ । एक जनाभने बेपत्ता छन् ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लामाजुरा पासमा दुर्घटनाग्रष्ट अवस्थामा हेलिकोप्टर फेला परेको हो ।उक्त हेलिकोप्टर बिहान १० बजेर १० मिनेट जाँदा उडेको थियो । उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस