मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

काठमाडाैँ । पहिरोका कारण मुग्लिननारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोला पुल नजिक अविरल वर्षापछि माथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको हो ।

बाटोमा लेदो थुप्रिएका कारण सडक खण्ड भएर चल्ने गाडी रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लेदो पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री