सुन काण्डमा समातिएका रोहन १६ महिनामा ४१ पटक नेपाल-भारत ओहोरदोहोर

काठमाडौँ । अध्यागमन विभागको टोलीले पक्राउ गरेको भारतीय नागरिक रोहन अडुकियाले १६ महिनामा ४१ पटक नेपाल आउजाउ गरेको देखिएको छ । भारतबाट नेपाल आउने क्रममा शुक्रबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

२ साउनमा विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामत भएको एक क्विन्टल सुन तस्करीमा उनी समेत संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विभागले अडुकियालाई राजस्व अनुसन्धान विभागमा पठाउने जानकारी गराएको छ । २०७८ चैत १५ देखि २०८० साउन ५ गतेसम्ममा उनी ४१ पटक नेपाल आउजाउ गरेको देखिएको अध्यगमन विभाग स्रोतले बताएको छ । पछिल्लो पटक २४ असार (जुलाई ९) मा काठमाडौँ आएका थिए ।

सन् २०२२ मा २८ पटक र सन् २०२३ को हालसम्ममा १३ पटक आउजाउ गरेको देखिएको छ ।

रोहन नेपालमा टेस्ला ब्राण्डका विद्युतीय कार बिक्री गर्ने व्यापारी राकेश अडुकियाका छोरा हुन् । उनका बाबुछोराले नेपाल–भारत–दुबई र आवतजावत तीव्र रहेको देखिएपछि उनीहरुलाई अध्यागमन विभागले शंकास्पद सूचीमा राखेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस