सूचना टाँसेर प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक भदौ ५ गते बस्ने

काठमाडौँ । प्रतिनिधि सभा सदंसको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आइतबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको संसद बैठक स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ । अर्को बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने गरी आइतबारको बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध हटाउने विषयमा सहमती हुन नसकेपछि आजको बैठक पनि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा सहमति खोज्न दलका नेताहरुसँग बिहान छलफल गरेका थिए । तर, प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी काण्डको छानविन गर्दै उच्चस्तरीय आयोग नबनेसम्म संसद सुचारु गर्न नदिने अडान लिएको छ ।

सभामुख घिमिरेले भने दलहरुबीच सहमती भई संसदको अवरोध खोल्नुपर्ने बताइरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस