बाल यौन दुर्व्यवहार गर्ने ‘हेडसर’ जेल चलान

काठमाडौँ । बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना कैद सजाय फैसला भएको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका-२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमलालाई ९ महिना कैद सजाय फैसला भएको हो ।

सोही विद्यालयका दुई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको इजलासले धमलालाई उक्त सजाय फैसला गरेको श्रेस्तोदार विनोद कुमार घिमिरेले बताए । यसका साथै धमलालाई ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ जरिवाना समेतको फैसला भएको श्रेस्तेदार घिमिरेको भनाई छ ।

गत चैत महिनामा बालिकाका आफन्तले प्रधानाध्यापक विरुद्ध प्रहरीमा बाल बाल यौन दुर्व्यवहार गरेको आरोप लगाई जाहेरी दिएका थिए । उजुरी पश्चात् प्रहरीले पक्राउ गरेको धमलालाई जिल्ला अदालतले साधारण तारेखमा छोडेको थियो । साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलालाई साउन २९ गते न्यायाधीश आचार्यको इजलासले ९ महिना कैद सजायको फैसला गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस