काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको हो ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/७८ तथा सोह्रौँ प्रतिवेदन २०७८/७९ पेस गर्नेछन् ।

तपाईंको प्रतिकृया




