सर्वोच्च अदालतले माग्‍यो काठमाडौँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण सोधेको छ । शुक्रवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले सो आदेश गरेको हो ।

अधिवक्ता स्वागत नेपालले शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै रिट निवेदन दर्ता गराएका हुन् ।

अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत मंसिर ५ गते निषेधित क्षेत्र घोषणा गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री