नेतालाई पेस्तोल पड्काउन दिएका असई परे निलम्बनमा

काठमाडाैँ । बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन् ।

उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए । सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी भरत शाहले जानकारी दिए ।

हतियारजस्तो संवेदनशील कुरासँग खेलाची गरेको भन्दै असई चन्दलाई प्रारम्भिक कारबाही गरिएको र थप कारबाहीका लागि छानबिन समितिले अनुसन्धान गरिरहेको उनले बताए । बन्दुक पड्काउनेलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस