श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । कल साइन २२५ एएनएफको उक्त विमान पौने ४ बजे धनगढीबाट उडेको थियो ।

७४ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर आएको विमानमा एकाएक प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं विमानस्थल टावरसँग आपतकालीन अवतरणको अनुमति मागेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए । उनका अनुसार काठमाडौंबाट ६०/६५ किलोमिटर उडेर गइसकेको अवस्थामा दाहिने इञ्जिनमा आगो देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो ।

विमानस्थलमा दमकल, एम्बुलेन्सलगायत आपतकालीन सुरक्षाका प्रबन्ध गरेपछि विमान साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यात्रुहरूलाई अर्को विमानबाट धनगढी पठाइएको छ ।

श्री एअरलाइन्सको विमानलाई अवतरणको प्राथमिकता दिँदा नयाँ दिल्ली र दोहाबाट काठमाडौं आइरहेका विमानहरु सिमरामाथिको आकाशमा होल्ड भएका थिए । नयाँ दिल्लीबाट भिस्तारा एअर र दोहाबाट कतार एअरवेजका विमान काठमाडौंमा अवतरण गर्ने क्रममा थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस