समाचार

आज विवाह पञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । आज मंसिर शुक्ल पञ्चमी अर्थात् विवाहपञ्चमी, प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धूमधामसँग मनाइँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन आइपुगेका छन् । गएको मंसिर २६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधाम उल्लासमय बनेको छ । हरेक वर्ष मंसिरशुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । त्रेता युगमा मंसिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिलाको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर …

पुरा पढ्नुहॊस »

कतारका प्रधानमन्त्रीले विपिन जोशी रिहा हुने बताए : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले हमासले विदेशी नागरिक र गैरसैनिक मुक्त गर्ने कुरामा आफू आश्वस्त रहेको भन्दै नेपाललाई पनि आश्वस्त हुन आग्रह गरेको बताए ।

पुरा पढ्नुहॊस »

आइतबार कहाँको मौसम कस्तो ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पल शाहविरूद्धको बलात्कार मुद्दामा दोहोर्‍याएर हेर्न अनुमति

काठमाडौं । सर्वाेच्च अदालतले अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धकाे जबर्जस्ती करणी मुद्दा दाेहाेर्‍याइ हेर्न अनुमति दिएकाे छ । जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाेखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका …

पुरा पढ्नुहॊस »

कांग्रेसलाई जनजनमा पुर्‍याउन उपसभापति खड्काको कार्यकर्तालाई निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्च्याउन सदैव तत्पर रहनुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्काले प्रशिक्षणले ती कमीकमजोरी सच्च्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री खड्काले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सुधार्नुपर्ने कमीकमजोरीप्रति सजग गराउने दायित्व …

पुरा पढ्नुहॊस »

डा. अस्मिता पाण्डेले पाइन् अन्तर्राष्ट्रिय अवार्ड

काठमाडाैं ।वात्सल्य आइ भिएफ सेन्टरकी युवा प्रजनन रोग विशेषज्ञ डा. अस्मिता पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड हात पारेकी छन्। नयाँ दिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आइएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा. पाण्डेले ‘आइएफएस योङ एचिभर्स’ अवार्ड हात पारेकी हुन्। इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त अवार्ड हात पार्ने डा. पाण्डे पहिलो नेपाली चिकित्सक हुन्। प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त अवार्ड पाएकी हुन्। डा. …

पुरा पढ्नुहॊस »

शंखरापुर नगरपालिका र मनास्लु वर्ल्ड कलेजबीच शैक्षिक सम्झौता

काठमाडाैं । शंखरापुर नगरपालिका र मनास्लु वर्ल्ड कलेजबीच विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनको लागि एक सम्झौता भएको छ। नगरपालिकामा एक कार्यक्रम गरी सम्झौता पत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित, प्रमुख प्रशासकिय अधिकृत वासुदेब खनाल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुकदेव नेपाल लगायत विभिन्न वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। शंखरापुर नगरपालिकाको तर्पmबाट नगर प्रमुख रमेश नापित र …

पुरा पढ्नुहॊस »

१४ किलो सुन तस्करी प्रकरण : सीआईबी पनि अनुसन्धानमा जोडियो

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि जोडिएको छ । मंसिर २१ मा दुबईबाट नेपाल आएका गोरखा बारपाकका चन्द्रबहादुर घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो । पक्राउ गरेलगत्तै चन्द्रले सुन गोरखाकै मीनबहादुर घलेको भएको बयान दिएपछि प्रहरी र भन्सार कार्यालयले उनलाई समेत पक्राउ गरेको हो । हाल भन्सार कार्यालयले सुन तस्करीको छानबिन गर्न भन्सार प्रमुख उपसचिव …

पुरा पढ्नुहॊस »

पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहा

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण छुटेका छन् । उच्च अदालत, पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि शुक्रबार धरौटी बुझाएका खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।

पुरा पढ्नुहॊस »